झट्ट हेर्दा सिउडी जस्तै देखिनी ड्रागन फलको बोटहरु ठिमुरेमा खेती गर्ने पहिलो कृषकका रुपमा पहिचान बनाएका छ्न भरत बहादुर जिसि
पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वार्ड न ६ ठिमुरे देउरालिका स्थानीय जनप्रतिनिधि लामो समयदेखि कृषि गर्दै आएका भरत बहादुर जिसिले बिगत २०७८चैत्रमा मकवानपुर हेटौंडाका ड्रागन फलका ब्यावसायी एव कृषक कपिल दाहालको फर्मबाट प्रतिगोटा रु ३०० का दरले करिब ३ लाखको लगानीमा सुरु गरिएको ड्रागन खेतिले प्रतिफल दिन लागेको छ। रु ५०० रुपैयाँ प्रतिकेजी मा बिक्रि भएको जिसिले जानकारी दिए।
आफ्नो ब्यक्तिगत लगानिमा सुरु गरिएको ड्रागन खेतिले आम्दानी दिन थालेपछी आफू हर्सित भएको जिसिकी श्रीमती तारा जिसि बताउछिन्। उत्पादन भएको ड्रागन फल बुटवलमा बिक्रीवितरण भएको र बजारीकरणमा समस्या नभएको समेत बताउछन भरत जिसि।१०० पोलमा लगाइएको ड्रागन फल का ४०० बिरुवाले आम्दानी दिन थालेपछि आउने समयमा थप गर्ने र ड्रागन खेतिको परिक्षण सफल भएको र अरु कृषकलाइ पनि ड्रागन खेतितर्फ प्रोत्साहन गर्ने बताउछन् जिसि।रिब्दिकोट गाउपालिका वार्ड न ६ का वार्ड सदस्यमा निर्वाचनमार्फत निर्वाचित सदस्य रहनु भएका जिसि रिब्दिकोट ठिमुरेका लोकप्रिय अनुभवी कृषकका रुपमा परिचीत छन्।
ड्रागन फलको सेवनले शरिरमा क्यानसर प्रतिरोधि शक्तिको विकास गराउछ,रगतमा कोलस्ट्रोलको मात्रा घटाउछ र आखा तेज बनाउनका साथसाथै शरिरलाइ तनावरहित राख्न सहयोग गर्छ।
सरकारले यसलाइ प्रोत्साहन गर्न सक्यो भने यो खेतिलाइ अझ तिव्रता दिन सकिन्छ ।











