

बिकाश काफ्ले
पाल्पा १५ साउन
माथागढी गाउँपालिकाका वाड नम्बर १ का वाड अध्यक्ष राजकुमार पन्थीले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
सोमबार वाड अध्यक्षको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखि आफू सहितको तस्बिर आफ्नो फेस्बुकबाट सार्वजनिक गरेका छन्।
'भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो,' उनले फेस्बुकमा लेखेका छन् 'जुनसुकै जस्तोसुकै परिस्थितिमा पनि जनसेवामा हाजिर छु।जनताको बैरी छुट्याउने, पहिचान गर्ने अवसर मिलेको छ। '
यस्तै नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको उनले बताए।
भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ।
प्रधानमन्त्रीलाई सांसदहरूले भारतीय संसदमा राखिएको 'अखण्ड भारत' को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने बताउँदै आएका छन्।