

पाल्पा साउन १०,
पाल्पाको तानसेनमा वैदेशिक रोजगारीको प्रक्रियामा नैतिक भर्ति अभ्यासहरुको सुनिश्चितता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । ईसारा ईन्स्टिच्यूटको सहयोग र सहकार्य तथा सेन्टरफर माईग्रेशन एण्ड इन्टनेशलन रिलेशन्सको आयोजनामा तानसेनमा सरोकावालाहरु संग वैदेशिक रोजगारीको प्रक्रियामा नैतिक भर्ति अभ्यासहरुको सुनिश्चितता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले वैदेशिक रोेजगारीमा जानू पुर्व नै सिप सिकेर मात्र जानुपर्ने भन्दै सिप अनुसार बिदेशमा काम गर्न लगाउनुपर्नेमा जोडदिनु भयो । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुले सिप र श्रम स्वीकृत मात्र लिएर वैदेशिक रोजगारी जानुपर्ने जोड दिनु भयो । उहाँले भन्नु भयो सुरक्षित र मार्यदीत रुपले वैदेशिक रोजगारीमा जाने कामको ब्यवस्थित बनाउन स्थानिय सरकारलाई आग्रह र समन्वय , सहकार्य गर्ने पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । अन्तरक्रिया कार्यक्रममा तानसेन नगरपालिकाका बरिस्ठ अधिकृत दुर्गा बहादुर थापाले वैदेशिक रोजगारीमा गई दुख पाएका नेपाली श्रमिकलाई दुख नपरोस भनि सिप सिकेर मात्र रोजगारीमा जान आग्रह गर्नु भएको छ ।
"उहाँले भन्नूभयो सके नेपालमै राखौ नसके सीप सिकाएर लैजाउ " कार्यक्रममा रामचन्द्र नेपालले सिप हासिल गरेर एउटामा जाने तर बिदेशमा गएपछि उक्त काम नलगाई आर्को काममा लगाउदाँ बिदेशमा गएर दुख पाउने गरेको बताउनु भयो । उहाँले भन्नू भयो वैदेशिक रोजगारमा गएर सम्पर्क बिहिनको खोजिमा समेत काम गरेको उहाँको भनाई थियो । कार्यक्रममा सेन्टरफर माईग्रेशन एण्ड इन्टनेशलन रिलेशन्सका कार्यकारी निर्देशक युवराज नेपालले यो संस्थाले वैदेशिक रोजगारीमा जाने परिवारको बिचमा काम गर्ने अध्ययन अनुसन्धान गर्ने सरकारलाई सल्लाह सुझाव दिदै आएको बताउनु भयो ।
सुचना मूलक समाग्री र वैदेशिक रोजगारीमा जानेको प्रक्रियाहरुबारे लक्षित गरी यो कार्यक्रमा संचालन गरिएको जानकारी गराउनु भयो । सेन्टरफर माईग्रेशन एण्ड इन्टनेशलन रिलेशन्सका कार्यक्रम संयोजक बीभुती किरण घिमिरेले मोबाइल एप्स मार्फत वैदेशिक रोजगारीको जानकारी दिदै सुरक्षित रुपमा जान सहज हुने बताउनु भएको छ । नेपालमा वैदेशिक रोजगारी जानेको को सख्या ठूलो रहेको र वैदेशिक रोजगारीलाई ब्यवस्थित बनाउन नियमन गर्नु पर्ने तथा ढाटिने र ठगिने जस्ता समस्या निराकरण गर्न जरुरी रहेको सहभागीहरूले सुझाव राख्नु भएको थियो ।
वैदेशिक रोजगारीबाट फर्केका युवाहरु, उधममहिलाहरु ,पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधिलगाएतको सहभागी रहेको कार्यक्रमको सहजीकरण कृष्ण कार्कीले गर्नु भएको हो ।