पाल्पा
प्रेस चौतारी नेपाल पाल्पा शाखाले सदस्य शुद्धिकरणका विषयमा नेपाल पत्रकार महासंघ पाल्पा मार्फत लुम्बिनी प्रदेश लाई ध्यानाकर्षण पत्र पठाएको छ । आज प्रेस चौतारी लुम्बिनी प्रदेश सह इन्चार्ज कमल राज तिमिल्सिना र जिल्ला अध्यक्ष कृष्ण कार्की सहित को टोलिले नेपाल पत्रकार महासंघ पाल्पा शाखा कार्यालयमै पुगेर महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानालाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो ।
बुझाइएको ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ पाल्पा शाखाले गत असार ५ गते कार्यसमितीको पूर्ण बैठकले निर्णय गरी ७१ जनाको सदस्यता कायम हुनेगरी प्रदेश शुद्धिकरण समितिमा सिफारिस गरिएका नामावली संशोधन नगरी कार्यान्वयन गर्न माग गरिएको छ । कुनै संगठन वा व्यक्तिको उजुरीका आधारमा महासंघको सदस्यता तलमाथी हुनेगरी एकपक्षिय बहस तथा सदस्यता हटाउने सक्ने आसयप्रति प्रेस चौतारी नेपाल पाल्पा शाखाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
सबै संगठनको प्रतिनिधित्व भएको नेपाल पत्रकार महासंघ पाल्पाको कार्यसमितिले गरेको निर्णय फेरबदल गर्ने कार्य आफूहरुलाई मान्य नहुने र यदी निर्णय कार्यान्वयन नभएको खण्डमा जिल्ला, प्रदेश र केन्द्रीय पत्रकार महासंघका विरुद्धमा कडा संघर्ष तथा आन्दोलनका कार्यक्रम गर्नुपर्ने अवस्था सिर्जना नगर्न प्रदेश पत्रकार महासंघ र प्रदेश शुद्धिकरण समितिलाई सचेत गराइएको छ । यस विषयमा महासंध पाल्पा शाखालाई पनि सोही अनुसार आफ्नो निर्णयको प्रभावकारीता र विश्वसनीयता स्थापित हुनेगरी भूमिका निर्वाह गर्न आग्रह गरिएको सचिव नारायण न्यौपानेले जानकारी दिनुभयो ।













