

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी ) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेको निधन भएको छ । बगनाँसकाली गाउँपालिका १ पिप्ले आफ्नै निवासमा शुक्रवार बेलुकी अचानक हृदयघाट भई उपचारका लागी अस्पताल लाने क्रममा बाटोमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । ५२ वर्षिय पाण्डेको २६ वर्षिय माहिलो छोराको पनि गत वर्ष हृदयघाट बाटै ज्यान गएको थियो ।
मृतक पाण्डेका २ छोरा र श्रीमती हुनुहुनुहुन्छ । नेकपा एस् पार्टी गठन हुनुपूर्व एमाले पाल्पाको उपसचिव रहनुभएका मृतक पाण्डे जिल्लामा स्वच्छ छबीको रुपमा परिचित हुनुहुन्थ्यो ।