नेपाल गणित समाजले गणित बिषयक शिक्षकहरुको क्षमता बिकास सम्वन्धी लुम्बिनी प्रदेश स्तरिय ३ दिने तालिम बुटवलमा सुरु भएको छ । तालिमको लुम्बिनी प्राबिधिक बिश्बबिद्यालयका प्रध्यापक डा. बिनोद ढकालको शुभारम्भ गर्नुभयो । तालिमको उद्धघाटन गर्दै प्रमुख अतिथि ढकालले गणित बिषय बिना शिक्षा नै अधुरो हुने भएकाले राज्यले दक्ष शिक्षकहरु उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । सरकारले गर्ने काम गणित समाजले गदै आएको उहांको भनाई छ ।कार्यक्रममा बोल्दै नेपाल गणित समाजका लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्यले प्रदेशका १२ वटा जिल्लाका बिशेष गरि कक्षा ९,१०,११ र १२ पढाउने ६१ जना शिक्षकहरुलाई तालिम प्रदान गरिएको बताउनुभयो । साथै उहांले बिद्यालयहरुको पढन पाठनलाई सुधार गर्नको तालिम कोशेढुंगा सावित हुने बताउनुभयो ।कार्यक्रममा हिसान रुपन्देही अध्यक्ष दिनेश भुषाल, लम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख तारा उपाध्याय, बुटबल बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख खिमानन्द न्यौपाने लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा प्रदेशका १२ बटा जिल्लाका संस्थागत र सामुदायिक बिद्यालयका ६१ जना शिक्षकहरुको सहभागिता छ । कार्यक्रम नेपाल गणित समाजका केन्द्रीय अध्यक्ष डा नारायण पहाडीको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष गोपाल आचार्य को सन्चालनमा सम्पन्न भएको थियो ।