पाल्पा — सोमबार पाल्पामा लघुवित्तिय सस्थाहरुको विरुद्ध मा प्रदर्शन भएको छ । तानसेनका विभिन्न स्थानबाट भेला भएका लघुवित्त वित्तीय संस्थाका पीडितहरूले नवसामन्तीका रुपमा स्थापित लघुवित्त वित्तीय संस्था खारेज हुनुपर्ने, लघुवित्त वित्तीय संस्थाहरूबाट लगाइएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब जनतालाई ब्याज अनुदानमा ऋण प्रदान गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन । तानसेनको टुँडिखेलबाट सुरु भएको प्रदर्शन बजारका विभिन्न स्थानमा परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय अगाडि आएर कोणसभामा परिणत भएको थियो । लघुवित्तीय संस्थाले केन्द्र कोषको नाममा जम्मा गरेको पाँच रुपैयाँ दरले जम्मा गरेको रकम र बचत फिर्ता गर्नुपर्ने, ३३ लाखभन्दा माथिका ऋणीहरलाई पुनर्कर्जा, १३ महिनाअघि काटिएको एक किस्ता बराबरको रकम साथै चक्रवर्ती ब्याजमा असुलेको हिसाबकिताब तुरुन्त फिर्ता गर्नुपर्ने माग लघुवित्त पीडितहरू ले गरेका छन ।
लघुवित्त वित्तीय संस्थाले विभिन्न समूह गठन गर्दा साथै ऋण लिँदा आकर्षण देखाउने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेकाले महिलाहरू पीडित भएको संघर्ष समितिकी अध्यक्ष कृष्णमाया आलेले बताइन् ।













