बुटवल । बिदेश अध्ययनमा जान चाहने बिद्यार्थिहरुलाई बिगत लामो समय देखी सहजिकरण गर्दै आएको ग्रेस ईन्टरनेशनल एजुकेशनले बिदेश अध्ययनमा जाँदा बिचार पुर्याउनु पर्ने कुरा, अध्ययन पछि नेपालमा अवसरको सम्भावना, भविस्यको योजना बनाउने तरिका लगायतका बिषयमा बुटवलमा एक दिने सेमिनार हुने भएको छ।
यही जेठ ३० गते बिहान ९ बजेबाट सिद्धार्थ कटेज बुटवलमा कार्यक्रम हुने ग्रेस बुटवलका डाईरेक्टर ईश्वर भट्टराईले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिए।
उनले बिगत लामो समय देखी बिदेश अध्ययनमा जान चाहने बिद्यार्थिहरुलाई सहजिकरण गर्दै आएको संस्थाले यसलाई अझ धेरै बिद्यार्थिहरुमा जानकारी गराउन यो शैक्षिक यात्राको आयोजना गरेको जानकारी दिए ।
अहिले बिदेश अध्ययनमा बिद्यार्थिहरुको अकर्षण अत्यधिक रहेको भन्दै उनले तर बिद्यार्थिहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने भन्दै बिदेश अध्ययनको लागी गर्नु पर्ने तयारीहरु, अध्ययन पछिका अवसरका सम्भावनाहरु लगायतको बिषयमा बिद्यार्थिहरुलाई जानकारी गराउन पनि शैक्षिक यात्रा आयोजना गरिएको बताए ।
शैक्षिक यात्रामा बैंकर अनिल केशरी शाह, नायीका सुरक्षा पन्त, हाँस्य कलाकार कैलाश कार्की, कार्यक्रम सञ्चालक तथा नायीका रिमा बिश्वकर्मा लगायत चर्चित व्यक्तिहरुले आफ्नो प्रस्तुती दिने उनले बताए ।
यस अघि बिर्तामोड, दमक,बिराटनगर, पोखरा, चितवन र बाग्लुङमा भईसकेको छ।
ग्रेसको यस कार्यक्रममा बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्थाप गरेको बताउदै ७ सय जनालाइ सहभागी गराउने उदेश्य रहेको भट्टराईले जानकारी दिए ।













