आईतबार साझ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुर्घट्नाका १० घाइतेको रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले गाउँपालिकाका शोकमग्न रहेको बताउँदै शोक विदा दिएको बताए । पालिकाले समेत शोक बिज्ञप्ती निकालेर दुर्घटनामा परि मृत्यु भएको खबरले दुखीत भएको बताउँदै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
भोलि गाउँपालिका मातहतका सबै कार्यालय, शिक्षण संस्था बन्द हुने पाणिनि गाउँपालिकाको कार्यालयले जनाएको छ ।













