

पाल्पा १६ जेठ मुक्तिनाथ बिकास बैंक लिमिटेड , जनाता बैंकमा होईन बैंक जनातामा जानू पर्दछ 'नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत १७ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको यस मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणतन्त्र दिवसको अबसरपारी विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
यस बैंकको पाल्पा शाखाद्वारा पाल्पा जिल्लाको तानसेन नगरपालिका २५ जना महिलालाई एक दिने गुडिया बनाउने तालिम प्रदान गरिएको छ । ग्राहक आर्थिक रूपमा अबल र आत्म निर्भर बनाउने गुडिया बनाउने तालिम प्रदान गरेको हो । सोमबार पाल्पामा नेपाल रेडक्रस सोसाइटी सभा हलमा भएको कार्यक्रममा मुक्तिनाथ बिकास बैंक लिमिटेड पाल्पा तानसेन शाखा प्रमुख मनिसा कक्षपतिको अध्यक्ष्तामा भएको हो।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंक शाखाले जनाएको छ ।