

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पाल्पाको अध्यक्षमा पुनः माधव अर्याल निर्विरोध चयन भएका छन् । शुक्रबार तानसेनमा भएको मञ्चको जिल्ला भेलाले अर्याललाई अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो ।
अर्यालले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका कामहरू अवको कार्यसमितीले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउँदै आगामी दिनमा खेलकुद पत्रकारिता तालिम सञ्चालन साथै अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धता जनाएका थिए ।
भेलाले मञ्चको उपाध्यक्ष देब पचभैया, सचिवमा विजय बौडेल, कोषाध्यक्षमा कमल अधिकारी र सहसचिवमा दुर्गेस मल्ल सर्वसहमतिबाट चयन गरेको छ । कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपाने सदस्यमा चयन भएका हुन् ।
भेलामा केन्द्रीय प्रतिनिधी प्रतिज शाक्य, जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरे, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, महासंघका जिल्ला उपाध्यक्ष भरत शर्मा, महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, प्रेस चौतारी नेपालका सचिव नारायण न्यौपाने, प्रेस सेन्टर नेपालका कार्यवाहक जिल्ला अध्यक्ष नवराज ज्ञवाली लगायतले जिल्लाको खेकूद क्षेत्रलाई थप सशक्त बनाउने तर्फ अवको नयाँ कार्यसमिती लाग्नु पर्ने वताए ।