
रामपुर पाल्पा,
गण्डकी बेशिको ब्यापारिक केन्द्र रामपुरमा महिन्द्रा कम्पनीको स्वरुम उद्घाटन गरिएको छ ।
नेपालमा ३२ औँ स्वरुमको रुपमा रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद ,कुलमणी रेग्मी ब्रदर्शले शहरीकरणतर्फ उन्मुख हुदै गरेको रामपुर नगरपालिकामा महिन्द्रा कम्पनीको स्वरुम सञ्चालनमा ल्याउनुभएको हो। उक्त स्वरुमको उद्घाटन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले शुभारम्भ गर्नुहुदै नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुदा पाल्पाको रामपुरमा स्वरुम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताउनुभएको छ ।
पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको स्वरुम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने बताउनुभयो ।अग्नी इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ गाउँमा पुगेको बताउनुभएको छ ।
उहाँले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा बिस्तार गरेको जानकारी दिनुभयो रामपुर ५ बेझाड बजारस्थित स्वरुम शुभारम्भ गरिएको हो ।