शम्भु गैरे,
बैशाख २२,पाल्पा
जापानी सामाजिक अभियान्ता ओके बाजेको सहयोगमा ज्ञानाेदय प्रथामिक विद्यालयको नयाँ भवनको उद्घाटन कार्यक्रम सम्पन भएको छ ।
जापानको सामाजिक कार्यकर्ता ओके बाजेको सहयोगमा निर्माण भएको माथागढी गाउँपालिका वाड नं १, अवस्थित ज्ञानाेदय प्रथामिक विद्यालयको नयाँ भवन आज एक कार्यक्रमका विच उद्घाटन भएको छ । आयोजनाको कुल बजेट रु. ३७,००,०००। रहेको छ ।
उद्घाटनको विशेष अतिथिमा पाल्पा दुई क्षेत्रका संसदीय सांसद ठाकुरप्रसाद गैरे, माथागढी गाउँपालिका अध्यक्ष यामबहादुर चिदी र माथागढी वडा नं १ अध्यक्ष तथा विद्यालयका व्यवस्थापन समितिका राजकुमार पन्थीको उपस्थिति थियो । नयाँ भवनका लागि कृतज्ञता व्यक्त गर्ने विद्यार्थी, शिक्षक र अभिभावकहरूमा उत्साह देखियो । विद्यालयका अध्यक्ष राजकुमार पन्थीले सहयोगको कदर गर्दै यस प्रकारको सहयोगले ग्रामीण शिक्षाको विकासमा टेवा पुग्ने बताए । कार्यक्रममा ठाकुर प्रसाद गैरे र यामबहादुर चिदिले विद्यालयको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता पनि देखाएका छन ।
नयाँ भवनले ज्ञानाेदय प्रथामिक विद्यालयका विद्यार्थीहरूका लागि सिकाईकाे वातावरणमा उल्लेखनीय सुधार ल्याउने र यस क्षेत्रको शैक्षिक नतिजामा सुधार ल्याउने अपेक्षा समेत गरिएको छ ।













