बैशाख, ११
काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणकाका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्न लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगो निभाउन प्रयोग हुने वारुण यन्त्रहरू धावनमार्गमा तयारी अवस्थामा राखिएको छ ।
बेलुका ९ः२१ वजे जहाज काठमाडौंबाट दुबईका लागि उडेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।













