पाल्पा । वैशाख १४ देखि २४ गतेसम्म उद्योग वाणिज्य संघ पाल्पाद्वारा टुँडिखेलमा आयोजना गरिने पाल्पा महोत्सवको स्टल तथा प्रचार प्रसारको कामले तिव्रता पाएको छ । महोत्सव प्रचार प्रसार संयोजक विदुर घिमिरेका अनुसार निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
महोत्सवमा स्थानीय तथा देशभरका व्यापारीले आफ्नो उत्पादन प्रदर्शन तथा विक्रीवितरण गर्न पाउने घिमिरेले जनाउनुभयो । महोत्सव मूल आयोजक समितिका अध्यक्ष शैलेन्द्र भट्टराईले उक्त महोत्सवमा टिक टकमा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्ने पनि जनाउनु भयो । उहाँले यो महोत्सवले पाल्पाको कृषि तथा पर्यटनमा टेवा पुर्याउने वताउनु भयो ।
महोत्सवमा साना घरेलु तथा ठुला व्यवसायी गरि ३ सयभन्दा बढी स्टल राख्ने तयारी भएको छ । महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।













