बिकाश काफ्ले
बैशाख ११ पाल्पा पाल्पाको माथागढी गाउँपालीकाका वाडमा नागरिक आरोग्य समिति गठन गरिएको छ। नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ बुदा १२ अनुसार सो समिति गठन गरिएको हो।
समितिको संयोजकत्वमा वाड अध्यक्ष सदस्य सचिवमा चिदीपानी आयुर्बेद औषधालयका प्रमुख अमृत भण्डारी रहेका समितिका सदस्यहरुमा स्वास्थ्य संस्थाका कार्यालय प्रमुख बिद्यालयका प्रधानाध्यापक गरि महिला स्वास्थ्य स्वयंसेवीक आमा समुहका प्रतिनिधि गिरी नौ सदस्य समिति गठन सोमबार गरिएको छ। संयोजक वाड अध्यक्ष बोम ब. ठाडा सदस्य रूप्से स्वास्थ्य चौकी प्रमुख बिक्रम चिदी कर्णधार माध्यमिक बिद्यालय प्रधानाध्यापक भुपाल सिं सारू बुद्धिबिकास आधारभूत बिद्यालय प्रधानाध्यापक कमला देवी ढकाल महिला स्वयंसेवीकाद्वरा श्रिधरा घर्ती र मिना कोइराला आमा समुह प्रतिनिधिद्वरा सुक्ष्मा भण्डारी र किरण दिशा सदस्य सचिवमा औषधालय प्रमुख अमृत भण्डारीलाई माथागढी २ रूप्सेको नागरिक आरोग्य समिति गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको गरेको छ।
नसर्ने रोगहरुविरुद्ध योग शिक्षा मार्फत ब्यापक जनचेतना फैलाउनका लागि समिति गठन गरिएको चिदीपानी आयुर्वेद औषधालयका प्रमुख अमृत भण्डारीले बताउनुभयो । अहिले गाउँ समाजमा नसर्ने रोगहरुले डरलाग्दो रुपमा देखा परेको छ, उनले भने, हामीले उपचारभन्दा यसलाई रोकथाम गर्न सक्नु पर्छ। औषधालय प्रमुख भण्डारीले बताउनुभयो। रुप्से का वाड अध्यक्ष बोम ब ठाडाले भने गाउँपालीकाले आयुर्वेद सेवा र आयुर्वेद शिक्षालाई पालिकाले पनि महत्त्व दिएको बताउनुभयो। कोभिट १९ को लहर पछि आयुर्वेद तर्फ धेरै मानिसहरूको आकर्षण बढेको र पालिकालेपनि चिदीपानीमा रहेको आयुर्वेद औषधालय मार्फत विभिन्न रचनात्मक कार्यक्रम अगाडि बढाइ रहेको बताए ।













