जारी एसिसी प्रीमियर कपमा नेपाल सेमिफाइनलका लागि छनोट भएको छ । आज हुने भनिएको नेपाल बनाम साउदी अरेबियाको खेल बर्षातका कारण अवरुद्ध भएकाले दुवै समुहमा बराबर अंक बाँढिएको छ । ४ अंक सहित समुह तालिकाको शिर्ष स्थानमा रहेको नेपालले आज एक अंक हासिल गरि सेमिफाइनलका लागि छनोट भएको हो ।
जारी एसिसी प्रीमियर कपमा नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउन सफल भएको थियो । नेपालले अर्को खेल बिहिवार कतारसँग खेल्नेछ ।