बैशाख १०,पाल्पा -पाल्पामा आइतबार बिहान बुटवल बाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवदह ३ कि ३६ बर्षकी महिला राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।
उनकाअनुसार ३८ जना घाइतेको उद्वार गरिएको घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको घाइते सबैलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रनाउ थापाले बताए।
बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटना भएको थियो । बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रनाउ थापाले बताए।
बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।