

पाल्पा ।
पाल्पाको झुम्सामा आज बस र स्कुटर एक आपसमा ठोकिँदा एक जना स्कुटर यात्रीको घटनास्थलमै मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ४८४७ नम्बरको बस लु ७७ प १९६ नम्बरको स्कुटरसँग ठोकिँदा स्कुटर सवार बगनासकाली गाउँपालिका-६, यम्घाका ४३ वर्षीय रामचन्द्र न्यौपानेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।