
बिकाश काफ्ले
आज माता तीर्थ औंसी आमाको मुख हेर्ने दिन आमा प्रति सम्मान गर्ने र आमालाई सम्झने दिन हो।
नेपालमा हिन्दू संस्कृति अनुसार यो दिवस वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी को रूपमा परिचित छ । उक्त दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो गच्छेअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । आमा जीवित हुनेहरूले आमालाई मीठा-मीठा परिकार बनाएर ख्वाउँछन्,लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन् ।
आजको दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थऔंसी पनि भनिन्छ। आजको दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू टाढा टाढावाट आमा भएको ठाउँमा गएर आफ्नो गच्छे अनुसारका खानेकुरा ख्वाउनुका साथै विविध उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन्। आमाको लागि मीठा परिकार किन्नेहरुको चापले गर्दा मिठाई पसलहरुमा पनि भीड देखिन्थे आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरैजना घर र माइत जाने क्रम पनि चलिरहेको छ । जान नपाएकाहरुले भने फोन गरेर आमालाई सम्झिने गरेको पनि पाइन्थ्यो ।
मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमशः हराउँदै गए ।
ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।
यस्तै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि धेरैले आमाप्रति भावना र सम्झना साटफेर गरिरहेका छन् । सामाजिक सञ्जाल भरिएको छ। मातातीर्थ औंसीका दिन मात्र आमालाई सम्झिय मात्र मातातीर्थ औंसीको सार पूरा हुदैन कि हरेक दिन आफ्ना आमा बुबा ख्याल राख्न जरुरी छ। अहिले किन खुल्दै छन् त ती बृद्धा आश्रम? किन दया नभएका हुन त तिनका छोराछोरी? आजकाल नर दयालु भएका छन् त छोराछोरी भने पनि आखिरमा जोडिनी भनेको छ छोरा बुहारी नै हो ।