बासुदेव ढकाल
रामपुर पाल्पा,५वैशाख-पाल्पा रामपुर नगरपालिकामा पर्ने निस्दीखोलाको मसाने घाटमा निर्माण सम्पन्न पक्की पुलको उद्घाटन गरिएको छ ।
रामपुर नगरपालिका वडा नं.१ र ३ जोड्ने निस्दीखोला मोटरेवल पुलको मसानेघाटमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरिले पुलको उद्घाटन गर्नु भएकोछ । पक्की पुलको उद्घाटन गदै मुख्य मन्त्री गिरीले नागरिकको जीवनस्तरमा ठूलो योगदान दिने हुदा गाउँमा खाद्यान्न, कृषिजन्य सामग्री र व्यापारिक सामग्रीहरु ओसारपसार गर्न, सहज रुपमा यात्रा गर्न ठुलो सघाउ पुग्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रमका प्रमुख अतिथी मुख्य मन्त्री गिरीले प्रदेश सरकारले केही महत्वपूर्ण योजना सुरु गरेको जानकारी दिनु हुदै रामपुरको बसपार्क र यससंग जोडिएका सडक र ढलको लागि हालसालै २४ करोड बराबरको वजेट विनियोजन गरिएको बताउनु हुदै मुख्यमन्त्री गिरीले रामपुर कपुरकोट सडक यहीँबाट जाने भएको हुदा यो क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण टेवा पुग्ने आशा लिएको बताउनु भएको छ । उहाँले प्रदेश सरकारको महत्वपूर्ण गौरवको योजना रामपुर कपुरकोट सडक राखिएको बताउनु हुदै यसलाई तीव्रता दिन यस सडकसंग पर्ने विभिन्न जिल्लास्थित कार्यालय प्रमुखलाई आवश्यक वजेट उपलब्ध गराउने भनेर निर्देशन समेत दिएको मुख्यमन्त्री गिरीले बताउनुभयो ।
उहाँले रामपुरको महत्वपूर्ण सिंचाई योजना रामपुर नहर ठाउँ ठाउँमा जिर्ण बनेको सिंचाइको मुख्य योजना नहरको विकास गर्दै सिंचाइको लागी थप बजेट व्यवस्थापनमा जोड दिने बताउनु भएको छ । मुख्यमन्त्री गिरीले प्रदेशले आफ्नो क्षेत्रका नागरिकका माग अनुसारका गौरवका योजनालाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । कृषिलाई प्राथमिकता दिएर नयाँ तरिकाबाट आधुनिक प्रविधिको प्रयोग गरी खेती गरी आत्मनिर्भर बन्नुपर्ने बताउनु हुदै उब्जाउशिल जमिनलाई सिंचितको व्यवस्था मिलाउन आफुले पहल गर्ने बताउनुभएको छ । सडक, पुल, खानेपानी, सिंचाई लगायतका आयोजनालाई सम्पन्न गर्दै प्रदेशका नागरिकको जीवनस्तर माथि उकास्न कृषि, पर्यटन र उद्योगमा धेरै क्रान्तीकारी परिवर्तन गर्नका लागि ठोस योजनाका साथ अगाडी बढ्ने प्रतिबद्धता जनाउनु हुदै मुख्यमन्त्री गिरीले जनताको जीवनस्तर माथि उकास्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका जनतामाझ स्पष्ट पार्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा पाल्पा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले आफ्नो कार्य क्षेत्रका विकास निर्माणको कामलाई छिटो सम्पन्न गर्ने बताउनुभएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्य सचिव राजेन्द्र थापा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ, सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ता, निर्माण व्यवसायी शिव श्रेष्ठ लगायतले बोल्नुहुदै समयमा नै पुल निर्माणको काम सकिएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य युवराज खनालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रामपुर नगरपालिका ३ का वडाध्यक्ष दामोदर पाठकले गर्नुभएको थियाे।













