
भनिन्छ नि "शिक्षा नै जिवनकाे ज्याेती हाे " तर हाम्रो देशको शिक्षा क्षेत्र नै अन्धकार मय मा परिणत भएको छ।
फूलबारीमा फुल नभए पछि फूलबारीको सुगन्ध हराएको छ। सिटईभिटि र टियु को शिक्षा क्षेत्र यस्तै भएको छ। "जुन जोगि आए पनि कानै चिरेका " अब त नयाँ मन्त्री आए केही राहत त मिल्छ गद्य गद्य थिए । मन्त्रीलाई त्रिविको पुरा रुप र सिटिईभिटि को पुरा रुप थाहा हुन नपाउँदै कुर्सी छोडेको खबर सुने पछि हार्दिक श्रद्धाञ्जली मेरो पेपर भन्न बाहेक म सँग कुनै पनि शब्द आएन। नतिजा आउला जागिर गरौंला भन्ने हाम्रो सपना नतिजा कुर्दा कुर्दै कतिपय साथिहरुका बिहे भए त कतिपय साथीहरु खाडीमा गए । आज खाडीमुलुकमा खसेको पसिना नै टियु को प्रमाणपत्र भएको छ।
उडाएको कालो टोपी को फोटो फेस्बुकमा बधाईको लागि बर्सिएको छ पसिना खाडीमा बर्सिएको छ। कालो टोपी सँग उडेको हाम्रो सपना कहिले पनि चन्द्रमा छुन सकेन ।यो नेपालको शिक्षा प्रणालीको नतिजा हो ।बाह्र पास पछि , पासपोर्ट बनायो विदेश गयो , यो मेरो नेपालको सिद्धान्तमा परेको छ। हिजोआज उदेश्य के छ तिम्रो भनेर सोध्दा १२ मा पढ्दै गरेको १८ बर्षे बिद्यार्थीले " पासपोर्ट बनाएर बिदेश जाने " सपना छ भनेर जवाफ आउदा धिक्कार छ मेरा देश चलाउने शासक भन्ने बाहेक कुनै शब्द थिएन। मेरो बहिनीको पनि आफ्नो कथा छ। मेरो बहिनीले यश ईई दिएपछि , डिप्लोमा कृषि विज्ञानमा सिटिईभिटि जोईन गरिन् । सर्वहारा बर्गको थलो सिटिईभिटि हो भन्ने थाहा पाएपछि मेरो बहिनी र धेरै भाईबहिनी जस्ता हामी सर्वहारा वर्ग को थलो सिटिईभिटि थियो । नतिजा कुरेको ११ महिना भो नतिजा नआए पछि पासपोर्ट बनाईन् । तिन बर्ष को कोर्स ५ बर्ष लाग्यो ।
अब के गर्ने..? बिदेश जानि र लोकसेवा पास बाहेक हामी सँग कुनै विकल्प थिएन । पढ्ँदा लागेको ऋणले साहुको कचकच सुन्न पर्ने भयो । ऋणमा ऋण थपेर बिदेश जानू बाहेक हामी सँग अरु उपाए भएन । पढ्दा लागेको लगानी नेपालको १७ हजार तलबले उठ्ने थिएन ।शिक्षा प्रणाली परिवर्तन गर। प्राबिधिक शिक्षा निशुल्क गर। "प्राबिधिक शिक्षा आजको आवश्यकता" भनिएता पनि शिक्षा क्षेत्रमा " घोकन्ते शिक्षा ,रतन्ते बुद्धि " भने परिवर्तन भएको छैन । परम्परागत शिक्षा र आधुनिक शिक्षा क्षेत्रमा " पाटी " र "कापी " मात्रै हेरफेर भएको तर शिक्षा पद्धतिमा सिकाइ पुरातन मै सिमित भएको छ। "समाजवादी शैक्षिक,जीवनोपयोगी सिप आजको आवश्यकता"मा सरकारले खासै चासो देखाएको छैन ।प्राविधिक शिक्षा आजको आवश्यकता हो भने प्राविधिक शिक्षा निःशुल्क गरिनुपर्छ ।
गरिबीका छोराछोरीले प्राविधिक शिक्षा पढ्न पाउने कि नपाउने ...?? एक घर एक प्राविधिक कहिले हुने ..? सहरीकरण शिक्षा कहिले सम्म ..? ग्रामीण क्षेत्रको विकास कहिले हुने ..? सरकार ...! तिमि संग प्रश्न गर्न मन लाग्यो...? के तिमी जबाफ देहि छौं.?यो देश का योग्य युवा किन आज पनि विदेश को सपना देख्छ..? पि.एच.डि पास शैक्षिक योग्यताको त्यो प्रमाणपत्र के काम जहाँ राज्नैतिक ,कुटनैतिक चलखेल गरि जागिर पाउछ। शिक्षा क्षेत्रमा माफिया, राजनीति ,कुटनैतिक ,भ्रष्टाचार , कहिले सम्म .? माफियाले चलाएको देशमा शिक्षाको भेष परिवर्तन हुने कि नहुने ..? खाईनखाई लाखौं पैसा तिरेर उच्च शिक्षा पढ्न शहर आउनुपर्ने ,कैयौं बर्ष पुराना ल्याब सामाग्री प्रयोगमा गरिनुपर्ने यसमाथि बिषय वस्तुगत सामाग्री अपुग भै प्रयोगात्मक परिक्षा सुनेको आधारमा गर्नुपर्ने जस्ता समस्या आज पनि हामीले भोग्नुपरेको छ। गरिबले पनि पढ्न पाउनुपर्छ ,प्राबिधिक शिक्षा निःशुल्क हुनुपर्छ ।करोडौं भ्रष्टाचारमा होइन ,करोडौं बजेट शिक्षा क्षेत्रमा लगाउनुपर्छ ।
शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्छ । राज्यको दायित्व ,गुणस्तरीय शिक्षा , नागरिक दायित्व हुनुपर्छ ।यसमा पनि सौद्धान्तिक रुपमा प्राविधिक शिक्षा गुणस्तरीय हुनुपर्छ ।पाठ्यक्रम परिवर्तन गरिनुपर्छ। देशमा संकटकालीन अबस्था छ तिमि एउटा कुर्सी मा बिबाद गरिरहेको छौ । तिमिलाई यो देश र जनताको चिन्ता होइन तिमि लाई तिम्रो कुर्सी को चिन्ता छ। धिक्कार छ मेरो देशको शासक लाई तिमि आफै सुरक्षित छैनौं, जनतालाई कसरि सुरक्षा दिन्छौं..?