पाल्पा । पाल्पाको दरबार परिसरमा रहेको घरटहराहरु भत्काउने नगरपालिकाको सूचना बमोजिम बैशाख ६ गते बिहानैदेखि परिसरका टहराहरु भत्काउन सुरु गरेका छन् ।
५७ वटा घरटहरामा व्यापार व्यवसाय गर्दै आएका व्यापारीले आआफ्ना पसल खाली गरेका छन् । धेरै व्यापारीले सामान अन्यत्र पसलमा सारेका छन् भने केहिले आफ्नो घर वा डेरामा लगेका छन् ।
पुरातत्त्व विभागको सहयोगमा दरबार क्षेत्रलाई व्यवस्थित गराउने योजना अनुरुप घरटहरा खाली गराउन लागेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्किले बताउनुभयो ।













