१२ चैत्र – रिब्दीकोट गाउँपालिकाले पालिका भित्रका जेष्ठ नागरिकहरुलाई १ दिने लुम्बिनी भ्रमण गराएको छ । गाउँपालिकाले पालिका भित्रका ७२ जना जेष्ठ नागरिकलाई लुम्बिनी भ्रमण गराएको हो ।
गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई ओसो आश्रम ध्यान योगा सहित लुम्बिनी भ्रमण गराएको गाउँपालिकाले जानकारी गराएको छ।
पालिकाले भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशी भएका र अन्य पालिकाले पनि यस्ता किसिमका कार्यक्रमलाई अनुसरण गर्नुपर्ने कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक सुनिल बस्यालले बताए ।
यस भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको पालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उहाँहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने र उहाँहरुलाई खुसी बनाउँदा आशिर्वाद मिल्ने कार्कीको भनाई छ । जेष्ठ नागरिकको लागि विशेष बजेटको ब्यवस्था गरिएको र उहाँहरुकै चाहना अनुसार भ्रमणमा लगिएको बताउँदै कार्कीले सबैको बेवास्तामा परेका जेष्ठ नागरिकलाई भ्रमण सम्झनायोग्य भएको बताउनुभयो ।













