बासुदेव ढकाल, पाल्पा रामपुर,चैत्र ६
नगर गौशाला रामपुर पाल्पामा भएको श्रीमद् भागवत् कथा सप्ताह ज्ञान प्रवचन बाट नगर गौशाला व्यवस्थापन समितिले खर्च सार्बजनिक गरेको छ । फाल्गुन ९ देखि १५ गतेसम्म नगर गौशाला रामपुर ६ तातोपानिमा भएको श्रीमद्भागवत कथा बाचन कार्यकमको आम्दानी खर्च सार्बजनिक गरेको हो । प्रवचन कार्यक्रम बाट संकलन भएको नगद दान रकम बाट खर्च कटाएर नगद र जिन्सी गरी ७ लाख ९१ हजार १ सय ९५ बचत गर्न सफल भएको नगर गौशाला व्यवस्थापन समितिले जनाएको छ । समितिले पदाधिकारी तथा पत्रकारहरुको उपस्थितिमा आम्दानि खर्च सार्वजनिक गरेको थियो । नगर गौशाला व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले नगद ७ लाख १७ हजार ८ सय ९५ नगद र ७३ हजार हजार ३ सय बराबरके जिन्सी गरी ७ लाख ९१ हजार १ सय ९५ बचत भएको जानकारी दिनुभयो । उहाँका अनुसार कथा प्रवचन अवधिभरमा २० लाख ७३ हजार ७ सय २३ रुपैयाँ नगद र ७३ हजार ३०० बराबरको जिन्सी गरी २१ लाख ४७ हजार ३४ आम्दानी भएको थियो । भने १३ लाख ५५ हजार ८ सय ३९ रुपैयाँ बराबरको रकम खर्च भएको थियो ।
बचत भएको रकम गौशालाको दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । नगर गौशालाको प्रचारप्रसार संगै सञ्चालनको लागि आवश्यक स्रोत जुटाउनका लागि सहयोग मिलेको आयोजकको भनाइ छ ।













