पाल्पा,१ चैत्र जनक राज भट्टराई
बगनासकाली गाउँपालिका ८ बराङ्दी स्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान करिव ८ बजे ग्यास सिलिण्डर पड्किएको हो। ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको स्थानीयको भनाई छ।
घाइतेको अवस्था सामान्य रहेको हात र मुखमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। घरमा भने क्षति पुगेको छ। स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको हो। खाना पकाउने क्रममा एक्कासी ग्यास पड्किएको र
घटना सम्बन्धी थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।













