कैलाली - नेपाल प्रेस युनियन कैलालीका कार्यसमिति सदस्य शेरबहादुर ऐरमाथि मिति २०७९ फागुन २७ गते शनिबार राति धनगढीको रुवस होटलमा भएको आक्रमणप्रति नेपाल प्रेस युनियन केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । ऐरमाथि जुनसुकै वहानामा भएको आक्रमणको युनियन घोर निन्दा र भत्सर्ना गर्दछ ।
चिकित्सकहरुको प्रदेश स्तरीय सम्मेलनमा सहभागी हुन होटलमा पुगेका ऐरमाथि अज्ञात व्यक्तिले पछाडिबाट आक्रमण गर्दा टाउकोमा गहिरो चोट लागेको हो । ऐरले विगत केही दिन देखि स्वास्थ्य क्षेत्रका बेथिति विरुद्ध समाचार सम्प्रेषण गर्दै आएकाले सोही विषयलाई लिएर आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
ऐरमाथि भएको आक्रमणले पत्रकारहरु भौतिक तथा पेशागत रुपमा सुरक्षित छैनन् भन्ने स्पष्ट पारेको छ । प्रेस स्वतन्त्रतालाई नै कमजोर बनाउने उद्देश्यले सुनियोजित रुपमा घट्ना घटाइएको भन्ने नेपाल प्रेस युनियन केन्द्रीय समितिको ठहर छ । घटनाको सत्यतथ्य छानविन गरी कुटपिटमा संलग्नलाई पक्राउ गरी तत्काल कारवाही गर्न जोडदार माग साथै घाइते ऐरको उपचारको प्रवन्ध मिलाउन नेपाल प्रेस युनियन केन्द्रीय समिति जोडदार माग गर्दछौ । साथै पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षामा गम्भीर बन्न सबै निकायलाई अनुरोध गर्दछौं, विज्ञप्तीमा
भनिएको छ । युनियन केन्द्रीय समिति ऐरमाथि जुनसुकै वहानामा भएको आक्रमणको घोर निन्दा र भत्सर्ना गर्दछ ।
अन्त्यमा घाइते ऐरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।













