बिकाश काफ्ले फागुन २७, पाल्पा।
माथागढी १ चिदीपानी वडा कार्यालयको लक्षित बर्ग अन्तर्गत वार्षिक कार्यक्रम हाम्रो अभियान जेष्ठ नागरिक सम्मान जेष्ठ नागरिककै घरमा भन्ने उद्देश्य अनुरुप शुक्रबार ३० जना जेष्ठ नागरिककै घरमा गइ सम्मान गरिएको छ। वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्मान स्वास्थ्य जाँच साथै अौषधि बितरण गरिएको स्वास्थ्यस्वस्थ चौकि प्रमुख धुर्ब सुनारले बताउनु भयो। यसै वडाका वडा अध्यक्ष राजकुमार पन्थीको नेतृत्वमा वडा जेष्ठ नागरिक घर घरमै सम्मान गरिएको हो जेष्ठ नागरिक भनेका हाम्रा अभिभावक उहाँहरूबाट केहि सिक्न केही सम्मान सोरूप केहि दिन नागरिक घर घरमै गएर जेष्ठ नागरिकको स्वास्थ चेकजाच औसधि उपलब्ध,गर्मि यामको लागि मच्छड बाट बच्न झुल,हर्लिक्स, च्यवनप्राश ,सहित टीका र दोसल्ला ओडाएर सम्मान गरिएको वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो। ९२ बर्षिय पार्वती बि क सम्मानी त हुदै गर्दा भन्नू भयो सम्मान गर्न भने वडामा बोलाए जान सक्दिन थिय गाडी रिर्जाप गर्नु पर्थो घरमै सेवा पाइयो ।गहाभरी आँसु गराउदै पार्वती भन्नुहुन्छ पेसर जाच्न सुगर जाच्न पाए अबत वाडका सेवा घर घरमा पाइयो भन्नुभयो। चिदीपानी आयुर्वेद अौषधालयबाट जेष्ठ नागरिकलाई स्पेसल च्यवनप्राश प्रदान गरिएको थियो ।यश बर्ष ५० जना सम्मान गर्ने कार्यक्रम रहेको र ३० जनालाई सम्मान गरिएको बाकि रहनुभएका २० जना अर्को दिन सम्मान गरिने वडा सचिव राजु ज्ञवाली बताउनुभयो जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यमा वडासदस्य डुकुल ब गाहा,टोल ब मश्राङ्गी कार्यालय साहयक नबराज पन्थी, पत्रकार जगन्नाथ काफ्ले लगाएत घर घरमा गई सरिक हुनुभएको थियो। वडाका हरेक सेवा नागरिकले घर घरमै आएर देख्दा नागरिकले खुसी ब्याक्त गर्दथे।













