फागुन ३, पाल्पा । पाल्पा जिल्ला तानसेन नगरपालीका ७, चुच्चेबारीमा “सम्भवी पाल्पा खाद्यान्न डिष्ट्रिब्युटर प्रा.लि” सञ्चालनमा आएको छ । ५ करोडको लगानीमा बुटवल भैरहवा नै पाइने मूल्यमा सेवा दिने उद्देश्यले सम्भवी पाल्पा खाद्यान्न डिष्ट्रिब्युटर प्रा.लि सञ्चालनमा आएको हो । पाल्पाको मुख्य व्यापारिक केन्द्रहरु तानसेन, रामपुर, सराई, आर्यभञ्ज्याङ्ग, हार्थोक, छहरा सहित ग्रामिण क्षेत्रका बजार र छिमेकी जिल्लाहरु गुल्मी, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ र पर्वत जिल्लाका खाद्यान्नका होलसेल तथा खुद्रा विक्री गर्ने विक्रेता तथा उपभोक्ताको सहजताको लागी सबै जिल्लाकै ठुलो खाद्यन्यको डिष्ट्रिब्युटर सञ्चालनमा ल्याएको प्रबन्धक आकाश खानले बताए ।
बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रको पहिरो जोखिमका कारण खाद्यन्न ओसारपसार गर्न कठिनाई हुने गरेकोमा पाल्पाबाट सेवा सुरु गरेको सम्भवी पाल्पा खाद्यन्न डिष्ट्रिब्युटर प्रा.लिले आगामी दिनमा सहजता ल्याउने डिष्ट्रिब्युटरकी अध्यक्ष संगीता कार्कीले बताइन् । बढ्दो महङ्गीले चर्को मूल्य मारमा परेका सर्वसाधारणलाई मुल्य र सेवामा डिष्ट्रिब्युटरले राहत प्रदान गर्नुका साथै बुटवल र भैरहवाकै मूल्यमा सबै प्रकारका खाद्यन्न उपलब्ध रहेको सञ्चालक दिपक गुप्ताले जानकारी दिए । तीन जनाको लगानीमा सुरु भएको खाद्यन्न डिष्ट्रिब्युटरमा करिब १५ जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् । दैनिक उपभोग्य सामग्रीको लागि बुटवल भैरहवा जानुपर्ने बाध्यता रहेकोमा अब भने यसको अन्त्य भएको तानसेन ७ चुच्चेबारीका स्थानीय राजेश कार्कीले जानकारी दिए । एक दुई रुपैयाँ सस्तोका लागि गाडी भाडामा लिएर बुटवल भैरहवा गएर अन्यन्त्र जानुपर्ने सास्ती थियो अब सस्तो मूल्यमा दैनिक उपभोग्य सामाग्री गाउँमै पाएपछि राहत मिलेको स्थानीयले बताए । कार्की जस्तै अन्य स्थानीय पनि सम्भवी पाल्पा खाद्यन्न डिष्ट्रिब्युटर सञ्चालनमा आएपछि दैनिक उपभोग्य खाद्यन्नको लागि सहयोग पुगेको बताएका छन् ।













