जनक राज भट्टराई
फागुन २, पाल्पा,रानीमहल -रानी तेजकुमारीको सम्झनामा भाव विभ्हल भएका खड्कशमसेर ले १९५४ सालमा आफ्नी रानी को सम्झना स्वरूप प्रेमको प्रतीकका रूपमा रानीमहल दरबार बनाएका थिए । रानी तेजकुमारीले मृत्युअघि १९४९ सालमा हालको स्थान रानीघाट क्षेत्रमा प्रेमको प्रतीकका रूपमा भव्य महल बनाउन इच्छा व्यक्त गरेकी थिइन । रानीको चाहनाबमोजिम खड्गशमशेरले कालीगण्डकीबाटै जग उठाएर बेलायती शैलीमा तेजमहल निर्माण गरेका थिए । करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ वटा कोठा छन् । अलंकारयुक्त ग्रिक शैलीका खम्बा, त्रिकोणात्मक छाना एवं गुम्बज आकारका झ्याल, नियो क्लासिकल स्थापत्यकला शैलीमा दरबार निर्माण गरिएको छ । दरबार पछिल्लो समयमा युवा पिढिका माझ आकर्षण गतब्य स्थल बन्दै गएको छ । 
१९५० सालमा शिलान्यास गरी १९५४ सालमा कालिनदिको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाइएको छ नेपालको ताजमहल। यहि स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ। जब १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ।
तर वर्षको एकपटक आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ। प्रणय दिवसको अवसरमा दरबारलाई साक्षी राखेर प्रतिक्षा गर्नेहरुको भीड लाग्ने गर्दछ । दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहने जन विश्वास गरिदै आएको छ । त्यसैले होला भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गरेको थियो तर अहिले भने दरबार रङ्ग रोगन भएकाले त्यो चलन भने हटेको छ । नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई युवायुवतीको सच्चा प्रेमको प्रतिक मात्र नभइ अहिले आन्तरिक पर्यटक को गन्तव्य समेत बन्ने गरेको छ । प्रणय दिवस अर्थात फागुन २ गते रानीमहलमा पुग्ने जोडीलाई सम्मान गरिने भएको छ ।
ऐतिहासिक पर्यटकीय स्थल ‘रानीमहललाई स्थापित ९ब्राण्डिङ्ग तानसेन नगरपालिकाले त्यहाँ पुग्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम बनाएको हो । तानसेन नगरपालिका र पर्यटन क्षेत्रसँग सम्बन्धित संस्था ९नाटा० लुम्विनीको आयोजनामा रानीमहलमा विविध कार्यक्रम गर्न तयारी भइरहेको तानसेन नगरपालीकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । रानीमहलको महत्वलाई स्वदेश र विदेशमा स्थापित गर्न जोडी सम्मान, जोडीबाट सिक्का दान, गुलावका गुच्छा साटासाट, सांस्कृतिक कार्यक्रम, क्याम्प फायरलगायतका कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । रानीमहलको महत्वलाई स्वदेश र विदेशमा प्रचारप्रसार गर्न सहयोग पुग्ने गरी कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।













