पाल्पा, १ फागुन
ज्ञानोदय प्रा.बि माथागढी १ चिदीपानी पाल्पाको ४९औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।
ज्ञानोदय प्रा.बि ले गुणस्तरीय शिक्षा दिदै समुदायको बिश्वास जित्दै अगाडी बढेको प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले वताउनु भयो।
ज्ञानोदय प्रा.बि पालिका भित्रको उत्कृष्ट विद्यालयको रूपमा अग्रसर भएको चिदीले उल्लेख गर्नुभयो। भविष्यमा मा.बि सम्म पुग्न सक्ने परिस्थितिको निर्माण भैरहेको चिदीले वताउनु भयो।
ज्ञानोदय प्रा.बि समुदायको आवश्यकता र माग बमोजिम स्थानान्तरण भएको वडा अध्यक्ष तथा ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले आफ्नो धारणा राख्नुभएको थियो। सदरमुकाम देखि नजिकको स्थान भएता पनि स्वास्थ्य ,शिक्षा ,सडक पुर्बाधार,पुल पुलेसा,भौतिक पुर्बाधारमा यो क्षेत्र पछि परेको कुरा उल्लेख गर्दै यस विद्यालयको बिकास र बिस्तारले समग्र पक्षको बिकासको निर्धारण गर्ने अध्यक्ष पन्थीले बताउनुभयो।
गाउँ पालिका शिक्षा शाखा सहायक प्रमुख बिष्णु चिदीले विद्यालयको चौतर्फी बिकासमा पालिकाको साथ रहने व्यक्त गर्नु भएको थियो । पुर्ब विद्यार्थीहरु मध्ये श्री सरोज नेपालले ५५ हजार ५ सय ५५ रुपैया बराबरको आफ्नी आमा स्व.मानकुमारी नेपालको पुण्य स्मृतिमा मानकुमारी स्मृति सङ्गित तथा नृत्य प्रतिभा पुरस्कार अक्षयकोष, त्यस्तैगरी, श्री कृष्ण प्रसाद पन्थीज्युबाट पिता स्व. मित्रलाल पन्थीको पुण्य स्मृतिमा ५१ हजार १ सय ५१ बराबरको मित्रलाल स्मृति छात्रवृत्ति अक्षयकोष पुरस्कार, त्यसैगरी चन्द्रशेखर नेपाल द्वारा ५ हजार एक रुपैया बराबरको विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको थियो । साथैयसै बिद्यालयका पुर्ब प्र.अ कृष्ण चन्द्र पन्थीद्वारा रु ८ हजार थप गरि रु १० हजार बराबरको अक्षयकोष को स्थापना गर्नुभएको हो । पूर्व विद्यार्थी जयदीप पन्थी,कृष्ण पन्थी,कबि खनालले विद्यालयको आफ्नो आमा बुवाको जस्तो माया लाग्ने भएको हुदाँ आइरहेको र सहयोगको भावना रहेको भनाइ राख्नुभएको थियो। इतिहास गुम्न लागेको अवस्थामा स्थानान्तरण भै विद्यार्थी सङ्ख्या र भौतिक पुर्बाधार निर्माण हुन लागेकोमा स्थानिय तथा पूर्व विद्यार्थीहरु खुशी ब्यक्त गरेका थिए।
कार्यक्रममा आदर्श आधारभूत विद्यालयको प्रअ गिरिजा पाण्डे, रत्न प्राबि का शिक्षक मोहन जिसि,ऋषिराम पन्थी,समाजसेवी बिष्णु आचार्यले सुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरुले पिटि,मार्चपास साथै नृत्य प्रस्तुत गरेका थिए।अक्षयकोष दाताबाट तोकिएको पुरस्कार र खेलकुद प्रतियोगितामा प्रथम दित्तिय,तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाइ पुरस्कार बितरण र उत्कृष्ट शिक्षकको रुपमा धनिमाया सारुलाइ सम्मान गरिएको थियो।प्रधानाध्यापक बिजयदीप पन्थीले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रम विद्यालयकि साहायक प्रधानाध्यापक मेनका थापाको संचालन धनिमाया सारुको स्वागत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो।














