फागुन १, रुपन्देही । नेकपा रुपन्देहीले मनायो २८ औं जनयुद्ध दिवसजनयुद्धका योद्धा घाईते बाघ हुन प्रज्ज्वलन बुटवल नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्वी लुम्बिनि ब्युरो ईन्चार्ज प्रज्ज्वलन सीले नेपाली जनयुद्धकै बलमा मुलुकमा ब्यबस्था परिवर्तन भएपनी जनयुद्धलाई खिसिटिउरे गर्नेहरुलाई चेतावनि दिंदै जनयुद्धका योद्धा घाईते बाघ भएको बताउनुभएको छ।
२८ औं जनयुद्ध दिवसको अवसरमा बुटवलमा आयोजित नेपाली जनयुद्धका उपलब्धी र समस्या बिषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता प्रज्ज्जवलनले ढिलै भएपनि जनयुद्ध दिवसलाई राष्ट्रिय महत्व दिएर सार्वजनिक घोषणा गर्नुलाई स्वागत गर्दै मुलुकमा यतिधेरै परिवर्तनको मुख्य भुमिका खेलेको नेपाली जनयुद्धका महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न नसक्नु त्यसमा पनि जनयुद्धकै कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएको बेला निकै दुखद भएको बताउनुभयो ।
जनयुद्ध र जनआन्दोलनको बलमा देशमा गणतन्त्र आयो आंशिक भएपनि जनताका अधिकार आए समानुपातिक प्रतिनिधित्व समावेसिता सबै जाति वर्ग समुदायले गौरव गर्न लायक वातावरण बन्यो । सिमित अधिकार सहितको संविधान त बन्यो। तर के यसैमा सिमित थियो त जनयुद्धको उद्देश्य नेता प्रज्ज्वलनले प्रश्न गर्नुभयो। कमसेकम यहि संबिधानले पनि कुनैपार्टीलाई प्रतिबन्ध लगाउने बन्दी बनाउने कुरालाई अस्विकार गर्छ तर जनयुद्धकै अग्रदस्ता हाम्रो पार्टीमाथी प्रतिबन्ध लगाईयो दमन धरपकड गरियो कैदी बन्दी बनाईयो भन्दै उहाँले राजनैतिक बन्दिलाई समेत अपराधी सरह बन्दी बनाएकोमा दुख ब्यक्त गर्नुभयो। माओबादी पार्टीहरु एकठाउँमा हुने प्रसंगमा उहाँले सबैले आ आफ्नो ठाऊँबाट निर्मम समीक्षा गर्न आवश्यक रहेको जिकिर गर्दै मुल नेतृत्वले गरेको धोकाघडी र कमजोरिमा आत्मालोचना गर्न तयार छ भने हामी समिक्षा गर्न तयार छौं जनयुद्धका सारथि एकठाउँमा हुने कुरा राम्रो हो तर जनयुद्धको मुल उद्देश्यबाट विचलित भएर हैन।
यस्तै पार्टीका पोलिटब्युरो सदस्य आस्था सीले जनयुद्धले कैयौं उपलब्धी हाँसिल गरेपनी जनयुद्धका घाउहरु आलै भएको बताउँदै सहिद बेपत्ता परिवार र घाइते योद्धाहरुका पीडा जनयुद्धको मुल नेतृत्वले बुझ्न नसकेको बताउनुभयो। बेपत्ता् योद्धा परिवार समेत रहेकी नेतृ आस्थाले आफ्ना परिवार गुमाउनुको पिडासमेत बिर्सिएर अझैपनि अधुरो सपना पुरा गर्न क्रान्तिको झन्डा उठाएको भन्दै बेपत्ता योद्धाहरुको स्थिती सार्वजनिक गर्न माग गर्नुभयो । कि सास चाहियो कि त लास हामीलाई तड्पाएर हाम्रै बलमा सत्तामा पुगेर रम्ने छुट कसैलाई छैन उहाँले भन्नुभयो।
अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सरद सी बरिस्ठ लेखक तथा माक्र्सवादी सौन्दर्य चिन्तक दील साहनी, नेकपा एमालेका जिल्ला उपसचिव चित्रबहादुर कार्की, क्रान्तिकारी माओवादीका सेक्रेटरी बिनोद मरासिनी, माओवादि समाजबादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्याय, बैज्ञानिम समाजबादीका प्रदेश ईन्चार्ज लक्षिराम बिक, एकीकृत समाजबादिका लोकनाथ पाण्डे, बार एसोसिएसन बुटवलका अध्यक्ष कैलाश ज्ञवाली, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, अधिबक्ता ज्ञानु केसी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल लगायतले बोल्दै जनयुद्ध नेपाली आन्दोलनकै सर्वाधिक महत्वको आन्दोलन भएको र यसप्रति सम्मान ब्यक्त गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षता र जिल्ला सदस्य शिशिर सीको संचालन मा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला नेता एनबी सीले गर्नुभएको थियो भने सामनाका कलाकारहरुले क्रान्तिकारी गितहरु प्रस्तुत गरेका थिए।
यसै बिच साँझ बुटवलको तिनकुने चोकमा दिप प्रज्ज्वलन गरिएको थियो।













