फागुन, १ पाल्पा । पाल्पाबाट काठमाडौं गई बसोबास गर्दै आएका पाल्पालीहरूको साझा संस्था पाल्पाली संगमको नयाँ नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा चयन भएको संगमको नेतृत्व निवर्तमान महासचिव विष्णु बहादुर खत्रीले पाएका छन् । अध्यक्षतामा खत्री सहित नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव आचार्य, यम झेंडी र पाण्डप खत्री, महासचिवमा जीवन भण्डारी त्यस्तै सचिवमा सिता विष्ट कार्की, गोपाल राना, बालकृष्ण पोखरेल र लक्ष्मीप्रसाद शर्मा र कोषाध्यक्षमा संजय भट्टराई रहेका छन् ।
पाल्पाली संगमको २३ सदस्यीय कार्यसमितिको सदस्यहरूमा मञ्जु ढकाल आचार्य, पुरुषोत्तममान कर्माचार्य, मीन प्रसाद बस्याल, जगदीश नेपाल, विमला बस्याल, विश्वहरि नेपाल, डिआर पोखरेल, विमल पन्त, ओमकुमारी थापा झेंडी, भोजराज पाण्डे, विष्णुप्रसाद पाण्डे, श्रीधर अर्याल र सुरेन्द्रकुमार बस्याल रहेको अध्यक्ष मण्डलका संयोजक तथा संगमका पूर्व अध्यक्ष रुद्र बस्यालले जानकारी दिए ।













