चोपलाल शिलवाल
तिलोत्तमा,२०७९ माघ २९ गते।
आज नुवाकोट विकास समिति, श्री कालभैरब कामना मन्दिर र धार्मिक वन तिनाउ २ नुवाकोटको एकै स्थानमा साधारणसभा सम्पन्न भएको छ ।
सभामा रामेश्वर प्रसाद कसजुले स्वागत मन्तव्य सहित भैरब मन्दिरको ऐतिहासिक पृष्ठभूमि र मन्दिरको निर्माणमा साधारण सदस्य र आजिवन सदस्यको ब्यवस्थापन गरि रकम उठाएर नियमित पूजा ,पुजारी तथा अन्य ब्यवस्थापन गरेको कुरा वताउनु भयो।
सभामा प्रमुख अतिथि तिनाउ गाँउपालिकाका प्रवक्ता यादव अर्यालले यस क्षेत्रमा यस्तो मन्दिर हुनु र नुवाकोट विकास समिति मार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउन सहयोग गरेकोमा समितीलाई धन्यवाद ज्ञापन दिदै पालिकाको पनि पूर्ण सहयोग रहने वताउनु भयो । कार्यक्रमक विशिष्ट अतिथि निबर्तमान वडा अध्यक्ष राजेश श्रेष्ठले ऐतिहासिक महत्त्व बोकेको नुवाकोट क्षेत्रको समग्र विकासमा निरन्तर लागिरहेको यस नुवाकोट विकास समितिकै पहलमा केवलकारको समेत निर्माण हुन लागेकोमा सहयोगी सम्पूर्णलाई धन्यवाद दिनु भयो । तिनाउ गाउँपालिका, दोभान क्षेत्रका वासी तथा नुवाकोटका बासिन्दाले गरेको काममा विकास प्रेमी, समाजसेवी,अग्रजहरुले योगदान पुर्याउनु भएकोमा यसको बिकास र संरक्षणमा सबैको सहयोग र समन्वयको आवश्यकता रहेको कुरा श्रेष्ठले बताउनुभयो । सो सभामा महेश्वर प्रसाद श्रेष्ठ ,रामेश्वर सैजु,पियल श्रेष्ठ ,राजेन्द्र गुरुङ,हरिकला कुमाल,तारा प्रसाद बस्याल,जुद्द बहादुर थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। सो अवसरमा मन्दिर निर्माणका लागि आर्थिक सहयोग पुर्याउने चन्दादाता,आजिवन सदस्यहरु लगायत संघ सस्थालाई सम्मान गरिएको थियो।
कार्यक्रम माधव नेपालको अध्यक्षता तथा अनुपमान सैजुको सञ्चालनमा सम्पन्न भएको थियो ।













