
कपिल अधिकारी
तिलोत्तमा,२०७९ माघ २९ गते।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर ४ स्थित जनज्योती खेल मैदानमा भोली फागुन १ गते देखि हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए। आचार्यलेले रनिङ्ग शिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई विद्यालय स्तरबाटै खेलकुदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पुर्ण तयारी पूरा भएको खेलकुद संचालन समितिका सदस्य तथा व्यवस्थापक दिपक खनालले बताए ।
चौथो राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले गर्ने भएका छन् ।
यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको बताउदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै बिद्यालय, बिद्यार्थी तथा अभिवावकहरु र खेलप्रेमी महानुभावहरुलाई सो प्रतियोगितालाई आ आफ्नो तवरबाट सहभागिता जनाई सहयोग गर्न आग्रह समेत गरेका छन्।
प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयले सहभागीता जनाउने छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहने छ ।प्रतियोगितामा भलिबल,कबर्डी,एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय सदस्य एवं कुँवरवर्ति अंग्रेजी माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिपक खनालले जानकारी दिए ।
