पाल्पा २८ माघ
तानसेन ३ असनटोल बिकास संस्थाको आयोजनामा फाल्गुन ५ गते नेवारी भोजको आयोजना हुने भएको छ। कार्यक्रम यहि फागुन ५ गते असनटोलमा हुने भएको हो ।असनटोल बिकास संस्थाले तानसेनमा पत्रकार सम्मेलन गरि कार्यक्रम सम्बन्धी जानकारी गराएको हो। पत्रकार सम्मेलनमा सस्थाका अध्यक्ष अनुजा बज्राचार्यले कार्यक्रम बारेमा जानकारी दिनु हुँदै नेवारी संस्कृतीको जगेर्ना गर्ने उदेश्यले नेवारी भोजको आयोजना गरिएको वताउनु भयो । सो भोजमा प्रति व्यक्ति रु ९०० को कुपन लिनु पर्ने र खानामा २० प्रकारको नेवारी खानाका परिकार रहने बज्राचार्यले जनाउनु भयो ।
नेवारीभोजमा करिब ३ सय जनाको सहभागी रहने र बचत रकम संंस्थाको बिकासमा लगाउने आयोजकले जनाएको छ। खाना सालको टपरीमा राखी पलेटी कसेर नेवारी संस्कृती अनुसार मर्यादा पुर्बक खुवाने संस्थाले जानकारी गराएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार मदन लाल बज्राचार्य र सकुन्तला बज्राचार्यले नेवारी परम्परा र नेवारी खाना बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको सन्चालन सस्थाकी सचिव सुनिता थैबले गर्नु भएको थियो। त्यसै गरि माघ २६/२७ गते नेवागुठी को आयोजनामा भगवती मन्दिर परिसरमा नेवार जाती को १० जनाको बेलबिबाह र ९ जनाको ब्रतबन्ध गरिएको थियो । सो कार्यक्रममा पनि नेवारी समूदायको उत्साह जनक सहभागीता रहेको गुठीका सदस्य इच्छा लिगलले बताउनु भएको पत्रकार राजेन्द्र लिगलले जानकारी गराउनु भयो।













