भोजराज भट्टराई
पाल्पा २८ माघ ।
गाउँतहमा एकीकृत सेवासहितको घुम्ति शिविर बगनासकाली गाउँपालिकाले सम्पन्न गरेको छ । माघ १३ गतेदेखि २३ गतेसम्म गाउँपालिकाका ९ वटै वडाहरूमा सामाजिक सुरक्षा भत्ता वितरण, आयुर्वेद, पशुसेवा र स्वास्थ्य सेवातर्फ निःशुल्क स्वास्थ्य परामर्श, चेकजाँच तथा औषधि वितरण, कृषि सेवातर्फ कृषि उपज प्रदर्शनी, गरिव घरपरिवार परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचय–पत्र वितरण, व्यवसाय दर्ता, नविकरण, गुनासो तथा सुझाव सङ्कलनसहितको एकीकृत घुम्ती शिविर संचालन गरिएको थियो ।
एकीकृत घुम्ति सेवाबाट ५ हजार बढी नागरिकले लाभ लिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले जानकारी दिनुभयो । अध्यक्ष चिदीले जनप्रतिनिधिकोरूपमा आफूहरू जनगुनासो र समस्या समाधानमा लागिपरेको र जनताको दुःखसुखमा आगामी दिनमासमेत निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूहरूले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा गरेको प्रतिबद्धता अनुसार वडातहमा सेवा प्रवाह गरेको र आगामी दिनमा पनि थप सेवासहित एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
एकीकृत सेवा अन्तर्गत गाउँपालिकाभित्र दोस्रो त्रैमासिक ९कार्तिक, मंसिर र पुष० मा सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राही संख्या ३ हजार १ सय १० जना रहेकोमा यसपटक घुम्ती शिविरबाट १ हजार ५ सय २५ जनाले सेवा लिएको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँले प्रत्येक वडाहरूमा आफू जनप्रतिनिधिहरूसमेत पुगेर जनताको समस्याहरू टिपोट गरेको, तत्काल सम्बोधन गर्नुपर्ने विषय सम्वोधन गरिएको र अन्य समस्यालाई क्रमश सम्वोधन गर्दै जाने जनाउनुभयो । गाउँपालिकाको एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको र यसले आफूहरुलाई आगामी दिनमा काम गर्नका लागि थप उत्साही बनाएको समेत उपाध्यक्ष पाठकले जानकारी दिनुभयो ।
यसअघि नेपाल बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता नेपाल बैंकसँगको सहकार्यमा सवै वडाबाटै वितरण गरिएको हो । हाल प्राविधिक कारणले औंठाछाप गर्ने लाभग्राहीलाई मात्र वितरण गरिएको सुरक्षा भत्ता बै।कसँगको समन्वयमा आगामी दिनमा दस्तखतवालालेसमेत पाउनेगरी व्यवस्था मिलाउन लागिएको उपाध्यक्ष पाठकले बताउनुभयो ।
गाउँमै एकीकृत सेवासहितको शिविर सञ्चालन भएपछि सेवाग्राहीको भिड बढेको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो । उहाँले वडातहमा सेवाप्रवाह भएपछि सेवाग्राही उत्साहित भएको बताउनुभयो । उहाँले आगामी दिनमा नागरिकका सुझावका आधारमा शिविरलाई थप व्यवस्थित गर्दै प्रभावकारी ढङ्गले अगाडि लैजाने जानकारी दिनुभयो । गाउँमै विभिन्न सेवासहितको शिविर आएपछि यहाँका स्थानीय नागरिकलाई निकै राहत मिलेको वडा नं। ६ की सेवाग्राही विष्णु कुमारी न्यौपानेले बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले आगामी दिनमा गाउँपालिकाले गाउँ केन्द्रित सेवा दिन जनप्रतिनिधि र कर्मचारी लागि पर्ने बताउनुभयो । थापाले स्थानीय बासीको अपेक्षा अनुसार काम गरिने बताउनुभयो । शिविरमा स्वास्थ्य परीक्षण शिविरतर्फ ९ वटा वडामा गरि ९ सय ७९ जनाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो ।
त्यस्तै आर्युवेद स्वास्थ्य जाँचतर्फ ९ सय ६८ जनाले लाभ लिएको आयुर्वेद शाखा प्रमुख घिरज पराजुलीले जानकारी दिनुभयो । कृषि सेवातर्फ सवै वार्डमा गरी ४०६ जना कृषकको प्रदर्शनीमा सहभागिता रहेको कृषि ना।प्र।स। खिमराज कोइरालले बताउनुभयो । गाउँपालिकाले सवै वार्डमा पशु स्वास्थ्य परामर्शसहित औषधि वितरण गरेको थियो । जसमा ८५८ जनाले लाभलिएको पशु सेवा शाखाका प्रमुख गणेश नेपालीले जानकारी दिनुभयो ।
एकीकृत घुम्ती सेवातर्फ सवै वार्डमा गरी ३२ घरपरिवारलाई गरिव घरपरिवार परिचय पत्र वितरण गरिएको फोकल पर्सन एवम् गाउँपालिकाका आलेप अधिकृत यादव न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिकाले सवै वार्डमा चलाएको घुम्ती सेवातर्फ २३९ जनाको जेष्ठ नागरिक परिचय पत्रको लागि विवरण सङ्कलन एवम् परिचय पत्र वितरण गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख धन कुमारी रानाले बताउनुभयो । गाउँपालिकाका एम।आई।एस। अपरेटर भोजराज भट्टराईका अनुसार सवै वडामा ११ जनाको गुनासो सङ्कलन भएको थियो । व्यवसाय दर्ता र व्यवसाय नविकरणमा भने सेवाग्राही नभएको उहाँले बताउनुभयो ।
यसैविच गाउँपालिकाले गाउँपालिकालको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रम एवम् १३ औं गाउँसभाको निर्णय अनुसार वडातहमा एकीकृत घुम्ति सेवाप्रवाह गर्नमा खटिने सम्पूर्ण कर्मचारी तथा व्यवस्थापनमा लाग्ने प्रत्येक वडाका जनप्रतिनिधि, विद्यालयलगायत सम्बद्ध सवैलाई धन्यवाद ज्ञापन गरेको छ । गाउँपालिकाद्वारा माघ २५ गते एकीकृत घुम्ती सेवा सम्पन्न भएको जानकारीसहितको पत्र जारी धन्यवाद ज्ञापन गरिएको हो ।
गाउँपालिकाको जारी सूचनामा सवै वार्डमा सेवा प्राप्त गर्ने महिला, पुरुष र थप विवरण शाखागत रिर्पोटमा समावेश गरिएको जनाइएको छ । यस्तै कृषि उपज प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई नगदसहित बिउबिजन र सहभागी कृषकलाई प्रोत्साहन रकमसहित बिउ बिजन बितरण गरिएको समेत पत्रमा उल्लेख छ । यस्तै दैनिकरूपमा औपचारिक कार्यक्रम गरी शिविर सञ्चालन तथा समापन गरिएको समेत गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले यसअघि पनि प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वडा तहमै पुगेर वितरण गरेको थियो । यसअघिको शिविरमा सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परामर्श एवम् चेकजाँचमात्र समावेश भएपनि यसपटक भने थस सेवासहित सिविर सञ्चालन गरिएको हो ।













