माघ २६,पाल्पा रामपुर "आर्थिक समृद्धिका लागि उद्योग र व्यापार , कालिगण्डकी उपत्यका विकासको आधार" भन्नेनारा सङ्गै भोलि अर्थात माघ २७ देखि सुरु हुने तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेला २०७९ को सम्पुर्ण तयारी पूरा भयको छ ।
रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको आयोजना ,रामपुर नगरपालिकाको प्रबर्द्धनमा ११ दिनसम्म सन्चालन हुने महोत्सवको भोलि शुक्रवार पाल्पा क्षेत्र नम्बर १ का संघीय साम्सद नारायण प्रसाद आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव मुल आयोजक समिति अध्यक्ष एवम् रामपुर उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दियका छ्न ।
रामतुलसी नमुना माध्यमिक बिद्यालयको खेलमैदान बेझाडमा हुने महोत्सवमा तीन सय बढी व्यापारीक स्टल निर्माण सङ्गै सबै उमेर समुहको लागि रमाइलो पार्क ,आकर्षक मनमोहक खेल उधान, हेलिकप्टर बाट मनोरम रामपुर उपत्यकाको अवलोकन , कालीगण्डकी जलयात्रा र्याप्टिङ , तेस्रो रामपुर डान्स आइडियल र लोक दोहोरी प्रतियोगिता राखिएको छ । दैनिक ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतिका कार्यक्रम सङ्गै स्थानीय कृषि उत्पादनको प्रदर्शनी एवम् बिक्री , स्थलगत पशु प्रदर्शनी , स्थानीय जात जातिको भेषभुषा झाकी प्रदर्शनी हुने आयोजक ले जनाएको छ ।
त्यसै गरि मेला परिसर मुख्य बेझाड बजार , किसान वारि र बिजयपुर बजार मेलाको आकर्षण रहने आयोजकले पत्रकार भेटघाट गरि जानकारी गरायको हो । संघको भवन निर्माण आर्थिक सन्कालन गर्ने उद्देश्य सहित माघ २७ गतेदेखि फागुन ८ गतेसम्म हुने रामपुर महोत्सवको तयारी पूरा भयको मेला मुल आयोजक समिति अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी आज भयको पत्रकार भेटघाटमा जानकारी गराउनु भएको छ । मेलामा करिब ३ लाख दर्शकले अबलोकन गर्ने लक्ष्य लियको पत्रकार भेटघाट कार्यक्रम तथा महोत्सव प्रचार प्रसार समिति सम्योजक बासुदेव ढकालले जानकारी गराएका छ्न ।












