माघ२५,पाल्पा रामपुर नगरपालिका वडा नं ४ सदावर्त पाल्पाले ४० औ वार्षिकोत्सव तथा ४१ औ अभिभावक दिवसको उद्घाटन गरेको छ अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा सामाजिक अभियन्ता सन्दिप रानाले शिक्षाको उज्यालो ज्योती दिने गुरुहरुले देखाएको असल मार्गको अनुशरण गर्नुपर्ने बताउनुभयो ।कार्यक्रमका प्र्मुख अतिथी रानाले सही मार्ग देखाउने गुरुजनले देखाएको असल बाटो विद्यार्थीले पछ्याउँदै राम्रो सपना बोकेर मेहनत गरियो भने निश्चित गन्तव्यमा पुग्न सकिने बताउनुभएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएका रानाले यस विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि आवश्यक पर्ने शैक्षिक, भौतिक कुराको आफुले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रममा विद्यालयको वार्षिक प्रतीवेदन प्रधानाध्यापक हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा रामपुर नगर शिक्षा अधिकृत विकल काफ्ले, रामपुर नगरपालिका ४ का वडाध्यक्ष रामबहादुर राना, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर पोखरेल, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक बुद्धिप्रकाश रेग्मी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु आचार्य, रामतुलसी नमुना माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, सीताराम माविका शिक्षक मनिराज अधिकारी, सामुदायिक रेडियो रामपुरका प्रतिनिधि दिपेन्द्र भट्टराई, विद्यार्थीहरु अब्दुल खालिद, अनुप विक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखा प्रमुख गोविन्दप्रसाद भट्टराई लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।
कार्यक्रमको सञ्चालन शिक्षक चित्रबहादुर केसी र सरस्वती श्रेष्ठले गर्नुभएको हो । सहभागीलाई शिक्षक लिला भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा विद्यार्थीबाट रमाइलो साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको कार्यक्रमको सन्चालन शिक्षक चित्र बहादुर केसि र सरास्वती श्रेष्ठले गर्नु भएको हो । विद्यालयमा निर्माण भएको सरस्वतीको मन्दिर, प्रतीक्षालय निर्माणमा सहयोग गर्नुहुने सहयोगता, शिक्षकलाई सम्मान गरिएको वार्शिक उत्सव को अवसरमा सुकबहादुर कुमालले आफ्नी धर्मपत्नी डिलमाया कुमालको नाममा २५ हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।












