पाल्पा, माघ–२१ – ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा पाल्पामा आमा–छोराको मृत्यु भएको छ ।पाल्पाको बगनासकाली गाउँपालीका–९, गुनठाँटी स्थित तानसेन–दर्लमडाँडा भित्रि पक्कि सडकखण्डमा दुर्घटना भएको हो । शनिबार बिहान ९ बजेतिर लु। २ त। ९८८४ नम्बरको ट्याक्टरले लु।५३ प। ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको हो ।
घटना भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्लाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटी घाइतेहरुको उपचारका लागी जिल्ला अस्पताल पठाईएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले मृत्यु हुने आमा छोरा रहेको बताउनुभयो ।
तानसेनदेखि खानीगाउँतर्फ जाँदै गरेको ट्याक्टरले सोही तर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते आमाछोरालाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएको छ ।













