रामपुर पाल्पा माघ २०,नगर गौशाला रामपुर पाल्पामा पत्रकार भेटघाट । गाइको संरक्षणमा ध्यान केन्द्रित गर्दै नगर गौशालाको दिगो विकासका लागि सहयोग जुटाउन भागवत प्रवचन फागुन ९ देखि १५ गतेसम्म हुने भागवत प्रवचनबारे जानकारी गराउन रामपुरमा पत्रकार भेटघाट कार्यक्रम भयको छ ।
गौशाला सन्चालन समिति यबम धार्मिक भागवत प्रवचन मुला आयोजक समिति अध्यक्ष हुमनाथ न्यौपानेले पत्रकार भेटघाट कार्यक्रममा भागवत प्रवचन कार्यक्रम को उद्देश्य बारेमा जानकारी गराउनु भयको छ । गाइको संरक्षण,भागवतको माध्यमबाट नगर गौशालाको सस्थागत विकास तथा धार्मिक पर्यटन प्रवर्द्धन हुने कार्यक्रमको उद्देश्री रहेको र देश विदेशमा चर्चित महिला पण्डित भागवत मन्जुरी पुज्री श्री राधिका दासी जिले कथावाचन गर्ने पनि जानकारी गराउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ जिल्ला सदस्री दुर्गेश मल्लले पवित्र सेवा भावले आयोजना गरियको कार्यक्रममा सबैको सहभागिता रहने बताउदै नगर गौशाला को ब्यबस्थापन राम्रो रहेकोमा खुशी ब्यक्त गर्नु भयको छ।कार्यक्रमको सन्चालन नगर गौशालाका सचिव बासुदेव ढकालले गर्नु भएको थियो ।













