पाल्पा, माघ–२१ . पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गा.पा–५, चौबिस माईल स्थित मोटरसाइकललाई ठक्कर दिदा चालक बिनय चौधरी घाइते भएको थिए । भारत घर भई हाल जिल्ला स्याङ्जा वालिङ् न.पा ८ बस्ने वर्ष अन्दाजी ३७ को बिनय चौधरी घाइते भई उपचारका लागी लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटि गएको, निज घाईतेको उपचारको क्रममा ऐ.१३ः२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको, उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताउनुभयो ।













