माघ २०,पाल्पा पहाडकि रानी भनेर चिनिने पाल्पाको मुटु तानसेनका खानेपानीका धारामा पानी आउने पत्तै हुदैन् तर पानीको बिल भने ठिक समयमै आउने गर्दछ ।नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत हरेकक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको छ । जिल्लाको सदरमुकाम तानसेनका स्थानीयहरूले वर्षौ देखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । खानेपानीको अभावका कारण वर्षौदेखि आफूहरूले समस्या झेल्दै आइरहेको तानसेन नगरपालिका – ३ निवासी शंकर भट्टराईले गुनासो गर्नु भयो ।
तानसेन बजारका स्थानीयले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएको भए पनि सरोकारवाला पक्षले ध्यान दिन नसकेको तानसेन नगरपालिका स्थानीयले बताए ।
अध्ययनका लागि तानसेन डेरा गरी बस्ने विद्यार्थीलाई लुगा धुन आफ्नै गाउँ पुग्नुपर्छ। घरबेटीले पानी दिन दुःख मान्छन्। हप्ता दिनमा धारामा आउने पानीखान पनि पुर्याउनु पर्ने हुन्छ । पाल्पा सदरमुकाम तानसेनमा जाडो गर्मी बाह्रैमास खानेपानीको अभाव हुन्छ। गर्मीयाममा नजिकका ढुंगेधाराहरू पनि सुक्ने भएकाले समस्या झन् विकरला बन्ने गर्दछ। साबिकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पानी वितरण व्यवस्थापनको जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गरेसँगै वितरण प्रक्रिया झन् अव्यवस्थित भएको नगरवासीको गुनासो छ।
धारामा कहिले काही मात्रै पानी आउने तर त्यही पानी पनि कति बेला कुन समयमा आउँछ पत्तै नहुदा साह्रै समस्यामा परेको तानसेन २ का स्थानीय सुशील बस्याल बताउनु हुन्छ । पानी कहिले कुन समयमा आउँछ भनी सोधपुछ गर्न खोज्दा खानेपानी उपभोक्ता समितिका कर्मचारीले रुखो स्वाभावमा झर्किदै पानी जतिबेला जम्मा हुन्छ त्यति बेला नै आउँछ तपाईलाई किन चाहियो भन्ने गरेको बस्याल वताउछन्।
हुनत पैसा उठाउन् कर्मचारी हुने तर पानी समय अनुसार खोल्न कर्माचारी नै नभएको पनि होला खानेपानी उपभोक्ता समिती सङ्ग ।












