माघ १९, बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सिमा समस्या कुटनितिक रुपमा समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले सुस्ता लगायतका सिमा क्षेत्रमा बेला बेलामा देखिने समस्याहरु दुइ देश बीच कुटनितिक रुपमा समाधान गर्न आफुले सक्दो पहल गर्ने बताउनु भयो । राष्ट्रिय स्वाभिमान अभियन्ताका स्वर्गिय गोपाल गुरुङको श्रद्धान्जली सभालाई सुस्तामा सम्बोधन गर्नु हुँदै सभामुख तुलाराम घर्ती मगरले यस्तो बताउनु भएको हो । बि.स. २०७९ पुस ८ गते घरमै मस्तिष्कघात भएर बिरामी परेपछि गुरुङको उपचारकै क्रममा २०७९ माघ १० गते निधनभएको थियो ।
सभामुख घर्ती मगरले शोकाकुल परिवारजनलाइ समबेदना व्यक्त गर्नु भयो । सिमा क्षेत्रका बासिन्दाहरु राष्ट्रियताप्रतिको भावनाबाट बढी ओत्प्रोत भएको आफुले पाएको बताउनु हुदै उहाले जंगे पिल्लरको रूपमा सुस्ताबासि रहेको बताउनु भयो । स्व गुरुङ सुस्ता बचाउ अभियानका अध्यक्ष हुँदा सुस्ताका जनताको शिक्षा, स्वस्थ्यको पहुचमा सरकारसंग पुलका रुपमा पहल गर्नु भएको बताउदै उहाले सुस्ताको बिकासको लागि पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । नागरिकता र
लालपुर्जाको समस्या समाधानको लागि नितिगत रुपमा पहल गर्ने उहाँले बताउनु भयो । सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाको अध्यक्षतामा भएको सभामा प्रदेश सभा सदस्य देवकरण कलवार, एस एस पि रेवति ढकाल, सुस्ता बचाउ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतम, पत्रकार आर पि उपाध्याय, लैना बेगम, रबिन्द्र जसवाल लगायतले बोलेका थिए । यसै बिच स्व गुरुङको स्मृतिमा निर्माण गर्न लागिएको स्मृति द्वारको सभामुख घर्ती मगरले सिलान्यास गर्नु भयो ।













