माघ १९, पाल्पा
छिमेकी जिल्लाहरुमा चोरी भएका घटना सम्बन्धमा यस जिल्ला प्रहरी कार्यालय पाल्पाको ध्यानाकर्षण भएको छ । यस्ता किसिमका घटनाहरु यस पाल्पा जिल्लामा पनि हुन सक्ने हुँदा चोरी गर्ने व्यक्तिहरुले खासगरी दिनको समयमा कार्यालय संचालन/गतिविधि हुने तर रातको समयमा बन्द हुने मन्दिर, गुम्बा, बैंक-बित्तिय संस्था, सहकारी संस्था, विद्यालय, पालिका कार्यालय, वडा कार्यालय, घरबेटी नभएको घर, बिभिन्न पसलहरुलाई निशाना बनाउने गरेको र विगतका वर्षहरुमा समेत विशेष गरी जाडोको समयमा चोरीका घटनाहरु भएको देखिन्छ । यस्ता किसिमका चोरीका घटनालाई निरुत्साहत गर्नका लागि यस जिल्ला प्रहरी कार्यालय तथा मातहत
प्रहरी ईकाइबाट थप गस्ती- पट्रोलिङको व्यवस्था गरिएको छ । चोरीका घटना हुन गर्न नदिनका लागि सदा झै स्थानीय जनसमुदायको समेत सहयोगको अपेक्षा यस जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गरिएको छ ।
साथै निम्न अनुसारको कार्य गरेको खण्डमा चोरीका घटनामा कमी आउने देखिन्छ -
निम्नः-
- चारैतिर प्रकाश आउने बत्तिको व्यवस्था मिलाउने ।
- झ्याल-ढोका बलियो गरी बन्द गर्ने ।
- समुदायमा CCTV जडान गर्ने ।
- समुदाय स्तरमा समन्वय र सहकार्य गर्ने ।
- रातको समयमा आफ्नो समुदाय भन्दा बाहिरको व्यक्ति आवत-जावत गरेमा प्रहरीलाई खबर गर्ने ।
- नगद र बहुमुल्य गहनाहरुको विशेष सुरक्षा गर्ने ।
- नगद भन्दा डिजिटल कारोबारलाई प्राथमिकता दिने ।
- चनाखो भई सुत्ने र कुनै अनावश्यक हर्कत भए गरेमा निग्रानी गर्ने ।
जिल्ला प्रहरी कार्यालय पाल्पा
सम्पर्क नं.- १००, ९८५७०६०३००, ९८५७०६०७७१, ९८५७०९५५५५












