पाल्पा । पाल्पा–गुल्मी सडक खण्ड १ महिना दैनिक १२ घण्टा बन्द हुने भएको छ।
तानसेन स्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडक खण्ड चौडा गर्ने काम भइरहेकाले १० गते सोमबार देखि फागुन ९ गते सम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो।
बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ। यस्तै दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए।
यस सडक खण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्छन्।














