पाल्पा, ४ माघ
लुम्बिनी प्रदेशका प्रदेश सभामुख तुलाराम घर्ती मगर र उप–सभामुख मञ्जु खाँण के.सीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाउनु भयो भने प्रदेश प्रमुखको उपस्थितिमा उप–सभामुख के.सीले सभामुखसँग सपथ लिनुभयो ।
सपथ पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख घर्तीले अव आफु यो पार्टी त्यो पार्टी भन्ने तर्फ नलाई प्रदेशका ८७ सभासदको अभिभाकत्वको स्वच्छ रुपमा जिम्मेवारी पुरा गर्ने गरी काम गर्ने बताउनुभयो । घर्तिले अघिल्लो संसदले प्रदेशको जग बसाल्ने काम गरेको बताउँदै बाँकी कामहरु अवको संसदले पुरा गर्ने जनाउनु भयो।
घर्तिले प्रदेशमा रहेका १२ जिल्ला र ८७ सांसदको निष्ठापूर्वक अभिभावकीय भूमिका निभाउने बताउनुयो । घर्तिले आफुलाई यहाँ सम्म ल्याई पुराउने आम मतदाता र पाल्पाली सबै शुभचिन्तकहरुमा आभार एवम् धन्यवाद समेत व्यक्त गर्नुभयो ।













