२२ पुुस, गुल्मी
गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । रेसुंगा नगरपालिकाको सहकार्यमा रेसुंगा विमानस्थलमा तारा एयरले प्रदर्शनी(डेमो) उडान गरेको हो । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो ।
जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली,गुल्मी क्षेत्र नम्बर १ का सासंद चन्द्र भण्डारी, रामकुमारी द्मांक्री लगायतका यात्रु थिए ।
जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् ।













