पुस २२,पाल्पा ।
घरेलुु तथा साना उद्योग कार्यालय पाल्पाको आर्थिक सहयोग र शिव इन्ष्टिच्यूुट अफ मल्टि टेक्निकल एजुकेशन प्रा.लि.तानसेन, पाल्पाको प्राविधिक सहयोगमा सञ्चालन भएको १५ दिने बेकरी तालिम सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाका १५ जना युुवाहरुले घरेलुु तथा साना उद्योग कार्यालय पाल्पाबाट बेकरी तालिम लिएका हुन् । तालिम समापन घरेलुु तथा साना उद्योग कार्यालय पाल्पाका अधिकृत श्री थमन सारुको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी ता.न.पा. ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, विशिष्ट अतिथी पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तम कुमार बज्राचार्य, घरेलुु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाका तालिम संयोजक मनोज घिमिरे लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुुख अतिथि ता.न.पा. ३ का वडा अध्यक्ष श्री बाबुरत्न शाक्यले तालिम प्राप्त गरेर यसलाई व्यवहारमा उर्तानु पर्ने वताउनु भयो । कार्यक्रम शिव इन्ष्टिच्यूुट अफ मल्टि टेक्निकल एजुकेशन प्रा.लि. तानसेन, पाल्पाका निर्देशक कमल प्रसाद भट्टराईको सञ्चालनमा भएको थियो ।













