पाल्पा, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला माघ २७ गते देखि फागुन ८ गते सम्म रामपुरमा हुने भएको छ । मेलाको मुल आयोजक रामपुर उद्योग वाणिज्य संघले कृषि पर्यटन र कुटिर उद्योगलाई जोड दिने बताएको छ । संघको आफ्नो भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउनुका साथै कोरोना महामारीले प्रभावित बनाएको उद्योग व्यवसायलाई थप चलायमान गराउनका लागि मेला सञ्चालन गर्न लागेको बताएको छ ।
शुक्रबार संघकै कार्यालयमा पत्रकार सम्मेलन मार्फत महोत्सवको मिति सार्वजनिक गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले
संघले रामपुर नगरपालिका लगाएत कालीगण्डकी बेशी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने, याहाँका कला र सांस्कृतिकलाई विश्वमाझ चिनाउने, कृषि जन्य उत्पादनको बजारिकरण गर्ने लक्ष्य लिएको छ । कालीगण्डकी बेशी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरुको उजागर गर्नको लागि महोत्सवको माध्यम बाट पहल थाल्ने जनाएको छ । अवसरमा तालपोखरालाई व्यापक प्रचार गर्न, कुटिर उद्योगहरुको प्रवद्र्धन, पर्यटक आगमनमा वृद्धि गर्ने, स्थानिय उत्पादनको बजारिकरण गर्ने बताएको छ । कालीगण्डकी उपत्यकाको प्रचार प्रसार गर्नका लागि पालिकाहरु संग समन्वय गर्ने, कृषकलाई प्रथमिकतामा राखेर अघि बढाउने जनाएको छ । अध्यक्ष ढकालले महोत्सवमा स्थानीय उत्पादन, कृषि जन्य सामाग्री संगै स्टल राख्नको लागि स्थानीय उद्योगि व्यवसायीहरु प्राथमिकता दिने बताउनुभयो ।
महोत्सवमा बालउद्यान, कृषि प्रदर्शनी, फोटो प्रदर्शन, ¥याफ्टिङ्ग, प्यारागलाईडिङ्ग, हेलिकप्टर बाट दृश्य अवलोकन, सांस्कृतिक झाँकी प्रदर्शन, तेस्रो रामपुर डान्स आईडल लगाएतलाई समेट्ने जनाएको छ । कार्यक्रम वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा ११ दिन सम्म रामतुलसी माध्यमिक विद्यालयको खेल मैदान बेझाँडमा सञ्चालन हुने मेलालाई व्यवस्थित गर्न तथा सफल बनाउन संघले १ सय ५१ सदस्य मुल आयोजक समिति, २८ सदस्य कार्य सम्पादन समिति र २७ सदस्य सल्लाहाकार समिति गठन गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले यस अघिको दुई वटा महोत्सवले रामपुर संगै कालीगण्डकी उपत्यकालाई चिनाउन महत्वपूर्ण योगदान दिएको अवगत गराउँदै याहाँको व्यवसायलाई थप चलायमान गराउन मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले पछिल्लो समय रामपुर क्षेत्रको विद्युत आपूर्तिमा देखिएको समस्या र र बैंकको व्याजदर वृद्धिले उद्योगी व्यवसायीहरु थप मर्कामा परेको भन्दै संघले पहल थाल्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले मेलाका बारेमा आफ्ना सुझाव सहितका जिज्ञाशा राखेका थिए । संघका अध्यक्ष ढकालको अध्यक्षतामा भएको थियोे भने वाणिज्य उपाध्यक्ष विष्णु सारुको धन्यवाद र प्रचार प्रसार उपसमितिका संयोजक बासुदेव ढकालको सञ्चालनमा भएको हो ।













